सशस्त्र प्रहरीद्वारा भन्सार छलीका १ लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी सहित १३ लाख बराबरका सामान बरामद

  • Technology Khabar | १८ आश्विन २०८३, आईतवार
सशस्त्र प्रहरीद्वारा भन्सार छलीका १ लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी सहित १३ लाख बराबरका सामान बरामद

काठमाडौं ।

सशस्त्र प्रहरी बलले भन्सार छलेर ल्याइएका १३ लाख बराबरको स्मार्ट टीभी, हार्डवेयर लगायतका सामान र एउटा ट्र्याक्टर बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा लिएर सोही कार्यालयमा बुझाएको छ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको २ लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ। मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ।

यसैगरी भन्सार छली गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रुपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि समेत बरामद भएको छ।–रासस

प्रकाशित: १८ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार