काठमाडौं ।
अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा हाल एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय मोडल उपलब्ध सावर्जनिक गरेको छ।
विद्युतीय सवारी प्रविधिमा केन्द्रित वुलिङका यी मोडलहरूले दैनिक शहरी आवागमनदेखि पारिवारिक यात्रा तथा एसयूभी आवश्यकतासम्मलाई समेटेका छन्। नेपालमा वुलिङका सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले गर्दै आएको छ।
वुलिङ एक्सियन पाँच प्लस दुई सिट क्षमताको विद्युतीय एसयूभी हो। एक्सियनमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५३० किलोमिटरसम्मकोे दूरी, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध छ।
४ डोर र ४ सिट क्षमता सहितको वुलिङको नेपाली बजारमा उपलब्ध मिनी ईभी कम्प्याक्ट तथा दैनिक शहरी प्रयोगलाई लक्षित विद्युतीय कार हो। फन एर्भीडे, फर एर्भीवोन अवधारणासहित ल्याइएको मिनी ईभीमा २५.१ किलोवाट घण्टा क्षमताको ब्याट्री, एकपटकको चार्जमा ३०१ किलोमिटरसम्मको दाबी गरिएको दूरी, ३० किलोवाट क्षमताको मोटर र चार सिट क्षमता रहेको छ ।
त्यसैगरी, वुलिङ डेरियन परिवार केन्द्रित प्रयोगका लागि थप स्थान र प्रदर्शन प्रदान गर्ने सात सिटर एमपीभीका रूपमा प्रस्तुत गरिएको छ। यसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५४० किलोमिटरसम्मको दूरी, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ। सात सिट रहेको छ।
वुलिङले आफ्ना मोडलमा ट्रयाक्शन मोटर तथा उच्च भोल्टेज ब्याट्रीका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले पुग्छ, त्यही अवधिसम्मको वारेन्टी प्रदान गर्छ।
प्रविधि, व्यावहारिक डिजाइन, आराम, सुरक्षा र दीर्घकालीन स्वामित्वप्रतिको भरोसालाई केन्द्रमा राख्दै वुलिङले नेपालमा विद्युतीय सवारीको अनुभवलाई थप विविध र व्यावहारिक बनाउने दिशामा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।
प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार