अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने

काठमाडौं ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट टप बक्स बिना नै सेवा प्रयोग गर्न सक्ने भएका छन्।

कम्पनीले आजदेखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो।

ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने छन्।

कम्पनीका अनुसार ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने छन्। साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। उक्त सेवा थप ग्राहकमैत्री हुनेगरी विकास गरिएको छ।

नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिएमा १००० छुट उपलब्ध हुने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमको एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ। भर्चुअल सेट–टप बक्स सहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ। वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ।

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार