काठमाडौं ।
नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भृकुटीमण्डपमा टीभीएस ‘अचम्मैको महा एक्सचेन्ज’ मेलाको शुभारम्भ गरेको छ।
मेलामा दुई आकर्षक उत्पादन टीभीएस एन्टर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० फोरभी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडीको भव्य अनावरण गरिएको थियो।
दशैं–तिहारको शुभ अवसरलाई लक्षित गर्दै यसलाई विशेष परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराइएको छ। यसले चाडपर्वको यो समयलाई राइडरहरूका लागि नयाँ अपाचे घर भित्र्याउने उत्तम अवसर बनाएको कम्पनीले बताएको छ। स्कुटरको मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
अपाचे आरटीआर २०० फोरभीमा प्रोजेक्टर हेडल्याम्पसँगै अपसाइड–डाउन (यूएसर्बी) फ्रन्ट फोर्क जडान गरिएको छ, जसले यसलाई अझ आक्रामक लुक र पर्फर्मेन्स राइडरहरूका लागि थप भरपर्दो ह्यान्डलिङ प्रदान गर्छ। यो म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध छ।
महा एक्सचेन्ज मेलामा पुरानो दुईपाङ्ग्रे सवारी साधन एक्सचेन्ज गरी विभिन्न विशेष सुविधासहित टीभीएसमा अपग्रेड गर्न सकिने कम्पनीले जनाएको छ। बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले शतप्रतिशत क्यासब्याक (पूरा खरिद मूल्यसम्म) वा गोल्ड की वा १० लाखसम्मको नगद छुट जित्ने अवसर पाउने छन्।
स्थलमै ५० भन्दा बढी भ्यालुएटर, उच्चतम एक्सचेन्ज मूल्याङ्कनको सुनिश्चितता गरिएको छ भने हरेक दिन दुई भाग्यशाली ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिसको अफर उपलब्ध छ। नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा मात्रै छिटो फाइनान्स सुविधा भएको सो मेलामा टीभीएसका सम्पूर्ण मोडलहरु प्रदर्शन गरिएको छ।
सो मेला आगामी अक्टोबर ४ अर्थात असोज १८ गते आइतबार सम्म चल्ने छ।
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार