काठमाडौं ।
दराज नेपालले ‘१०.१० दशैं धमाकाः बडा दशैं, धमाकेदार डिल्स’ सार्वजनिक गरेको छ।
दसैंको उत्साहलाई थप विशेष बनाउन दराज १०.१० दशैं धमाकाले आकर्षक अफर, लोकप्रिय ब्रान्ड तथा सहज अनलाइन सपिङ अनुभवलाई एकै ठाउँमा ल्याएको कम्पनीको भनाइ छ।
असोज १५ देखि २६ सम्म सञ्चालन हुने १०.१० दशैं धमाका अन्तर्गत विभिन्न उत्पादन तथा श्रेणीमा ६५ लाखसम्मका भौचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ।
उपभोक्ताले विभिन्न श्रेणी र साझेदार ब्रान्डका सीमित अवधिका अफरसहित दैनिक फ्ल्यास सेल्सको लाभ लिन सक्नेछन्। दराजका प्ल्याटिनम् पार्टनर्स– होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्सपिरियन्स, एङ्कर, रोह्टो र अवीबीबाट ६७ प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ।
त्यस्तै, गोल्ड पार्टनर्स ब्र्यांडहाउस, पी एण्ड जी, पिक एण्ड एर्के, अक्र्स फूड र भेदन्तले ७० प्रतिशत सम्मको छुट प्रदान गर्नेछन् भने सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपीएन’एस र माटो नेपालले ६५% सम्मको दशैं अफर ल्याएका छन्।
अभियान अवधिभर विशेष अफर र सीमित समयका विभिन्न शपिंग मोमेन्ट्स समेत सञ्चालन हुनेछन्। अभियानको सुरुवात अक्टोबर १ राति ८ बजेदेखि अक्टोबर २ बिहान २ बजेसम्म क्रस क्याटगोरी ब्रान्ड रश आवरबाट हुनेछ। त्यसपछि अक्टोबर २ र अक्टोबर ११ मा राति ८ बजेदेखि १० बजेसम्म क्रेजी प्राइस ड्रप अन्तर्गत विशेष रूपमा छनोट गरिएका उत्पादनमा आकर्षक मूल्यका अफर उपलब्ध हुनेछन्।
त्यस्तै, राति ८ बजेदेखि मध्यरातसम्म ब्रान्ड रश आवरस् अन्तर्गत विभिन्न दिन विशेष श्रेणीका अफर उपलब्ध हुनेछन्। फ्यासन शनिबार (अक्टोबर ३), न्यु ब्रान्डस् आइतबार (अक्टोबर ४), दराज च्वाइस सोमबार (अक्टोबर ५), इलेक्ट्रोनिक्स मंगलबार (अक्टोबर ६), लाइफ स्टाइल बुधबार (अक्टोबर ७) र एफएमसीजी बिहिबार (अक्टोबर ८) मा सम्बन्धित श्रेणी तथा ब्रान्डका विशेष अफरमार्फत उपभोक्ताले थप बचतका अवसर पाउनेछन्।
डिजिटल सपिङमा दशैंको परम्परागत स्वाद थप्दै उपभोक्ताले छनोट गरिएका विक्रेताबाट ३ हजारसम्मका दशैं दक्षिणा भाउचर समेत प्राप्त गर्न सक्नेछन्।
दशैंको किनमेललाई थप लाभदायी बनाउन दराजले ५ वटा बैंक हमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकसँग सहकार्य गरी विशेष प्रि पेमेन्ट अफर ल्याएको छ।
क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म, अधिकतम १,५०० तथा योग्य डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म, अधिकतम १,००० छुट प्राप्त गर्न सकिनेछ।
त्यस्तै, ईसेवा र खल्ती का प्रयोगकर्ताले पनि विशेष रश आवर डिल्स मार्फत १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
दराज नेपालले अभियान अवधिभर विभिन्न आकर्षक गिभअवे तथा पुरस्कार समेत ल्याएको छ। न्यूनतम २,००० को चेकआउट अर्डर गर्ने एक भाग्यशाली उपभोक्ताले सुजुकी एक्सेस एफ आइ १२५ सिसि स्पेसल एडिसन बिएस ६ स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
त्यस्तै, उपभोक्ताले टेलीटक (बोट), एसपीएन’एस, सेटाफिल, सफारी ब्याग्स नेपाल र होनासा लगायतका ब्रान्डका आकर्षक उत्पादनसहितका दैनिक गिभअवेमा सहभागी हुने अवसर पाउनेछन्।
कम्पनीका अनुसार दशैंका थप उपहार अन्तर्गत ग्लेन नेपालबाट थाइल्यान्ड भ्रमण, सिल्भर सिक्सबाट ३१ हजार मूल्य बराबरको कम्बो गिफ्ट सेट, मामाअर्थबाट ६५ हजार मूल्यको आइकनिक थ्री इन वन एक्सप्रेस स्टाइलर तथा रोह्टोबाट १ लाख ५ हजार मूल्यको स्यामसंग फ्रन्ट लोड वाशिङ्ग मसिन लगायतका पुरस्कारसमेत जित्ने अवसर हुनेछ।
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार