ह्वावेले आफ्नै अपरेटिंग सिस्टमका साथ स्मार्टफोनको परीक्षण गर्दै, यहि वर्ष बजारमा आउने

  • Technology Khabar | २० श्रावण २०७६, सोमबार
ह्वावेले आफ्नै अपरेटिंग सिस्टमका साथ स्मार्टफोनको परीक्षण गर्दै, यहि वर्ष बजारमा आउने

काठमाडौं ।

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो अपरेटिंग सिस्टम होंगमेंगका साथमा स्मार्टफोनको परीक्षण गरिरहेको छ ।

कम्पनीले आफैंले तयार पारेको नयाँ अपरेटिंग सिस्टम होंगमेंगमा आधारित स्मार्टफोनहरु संभवत यो वर्षको अन्त्यसम्ममा बजारमा बिक्रीका लागि उपलब्ध हुने छन्।

होंगमेंगमा आधारित स्मार्टफोन चिनियाँ टेक कम्पनी ह्वावेका लाई निकै महत्वपूर्ण विषय हो । विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकर कम्पनी ह्वावेलाई अमेरिकी प्रतिबन्धपछि समस्या भएको थियो । जसले गर्दा कम्पनीले एन्ड्रोयड अपरेटिंग सिस्टममा सिमित मात्रामा मात्रै पहुँच हुने भएपछि कम्पनीले अन्य विकल्पहरु खोजिरहेको थियो ।

नयाँ अपरेटिंग सिस्टममा आधारित स्मार्टफोनको मूल्य २ हजार चिनियाँ युआन हुने ग्लोबल टाइम्सको रिपोर्टमा उल्लेख छ । यसको अर्थ कम्पनीले सो स्मार्टफोनलाई सस्तो मूल्यको स्मार्टफोनको रुपमा बजारमा ल्याउन लागेको हो ।

यसअघि ह्वावेका अधिकारीहरुले होंगमेंग अपरेटिंग सिस्टम स्मार्टफोनको लागि नबनाईएको र यो इन्टरनेट अफ थिंग्स प्रडक्टहरुका लागि बनाईएको बताउँदै आएका थिए । गत महिना मात्र कम्पनीले होंगमेंंग राखिएको पहिलो डिभाइसकोरुपमा अनर ब्राण्डका स्मार्ट टिभीहरु आउने बताएको थियो ।

गत साता मात्र कम्पनीका अध्यक्ष लिआङ्ग हुवाले गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम प्राथमिकतामा रहेको र आफ्नो होंगमेंग अपरेटिंग सिस्टमलाई भने दिर्घकालिन रणनीतिअन्तरगत विकास गरिँदै गरेको बताएका थिए ।

प्रकाशित: २० श्रावण २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार