काठमाडौं ।
सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्बजनिक गरेको छ।
वन यूआई ९ अपरेटिङ सिस्टमसहित आएको ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन हो।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने उद्देश्यले डिजाइन गरिएको र यसले एस सिरिजका सुविधाहरू थप ग्राहकसम्म पुर्याउने बताएका छन्।
८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध फोनको अधिकतम मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रङमा उपलब्ध गराइएको कम्पनीले बताएको छ।
फोनमा ट्रिपल रियर क्यामेरा सेटअप र ३ गुणासम्म अप्टिकल जुमको सुविधा रहेको छ।
फोनमा ग्यालेक्सी एआईका विभिन्न फिचरहरू दिइएको छ। जसअन्तर्गत ग्यालेक्सी एस२५ सिरिजमा सुरु गरिएको ‘नाउ ब्रिफ’ फिचरलाई थप परिमार्जन गर्दै प्रयोगकर्ताले निर्देशन दिएर आफ्नै ब्रिफिङ कार्डहरू बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
फोन खरिद गर्ने ग्राहकलाई सामसङले विभिन्न अफरहरूको व्यवस्था रहेको छ। जसमा पुरानो फोन साट्दा ८ हजारसम्मको थप एक्सचेन्ज बोनस र १८ हजार ३५१ मूल्य बराबरको ६ महिने ‘गुगल एआई प्रो’ सब्सक्रिप्सन निःशुल्क दिइने कम्पनीले जनाएको छ।
ग्राहकले इएमआई मार्फत १२ महिना मासिक ६ हजार र २४ महिना मासिक ३ हजार २५६ बाट सुरु हुने सजिलो किस्ताबन्दी सुविधामार्फत पनि फोन खरिद गर्न सक्नेछन्।
प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार