मौसम र बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गर्न नेपाल टेलिकमको आग्रह

  • Technology Khabar | ७ आश्विन २०८३, बुधबार
मौसम र बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गर्न नेपाल टेलिकमको आग्रह

काठमाडौं ।

नेपाल टेलिकमले प्रतिकूल मौसम तथा बाढीसम्बन्धी जानकारी लिन टोल फ्रि नम्बर ११५५ मा फोन गर्न आग्रह गरेको छ।

टेलिकमले सार्वजनिक गरेको सूचनाअनुसार ११५५ मा डायल गरेर मौसम पूर्वानुमानका लागि १ र बाढीको पूर्वसूचनाका लागि २ थिच्न सकिनेछ।

टेलिकमले प्रतिकूल मौसम र बाढीबाट आफू पनि सुरक्षित रहन तथा अरूलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ।

नेपाल टेलिकमले सार्वजनिक गरेको सूचनामा मौसम तथा बाढीसम्बन्धी आवश्यक जानकारी समयमै प्राप्त गर्न उक्त सेवाको उपयोग गर्न आग्रह गरिएको हो।

प्रकाशित: ७ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार