कुनै समयका हिट नोकिया ३३१० र ५११० फोन, आज हेर्दा किन अविश्वसनीय लाग्दैछन्?

  • Technology Khabar | ७ आश्विन २०८३, बुधबार
कुनै समयका हिट नोकिया ३३१० र ५११० फोन, आज हेर्दा किन अविश्वसनीय लाग्दैछन्?

काठमाडौं ।

कुनै समयमा अत्यन्त लोकप्रिय रहेका नोकियाका फोनहरु आज स्मार्टफोनको युगमा हेर्दा निकै साधारण र लगभग अविश्वसनीय जस्ता लाग्छन्।

ती मध्ये नोकिया ३३१० र नोकिया ५११० सबैभन्दा लोकप्रिय मोडलमा पर्दछन्। यी फोन विश्वभरका लाखौँ मानिसको दैनिक जीवनको हिस्सा बनेका थिए।

नोकिया ५११० मोबाइल फोनलाई लोकप्रिय बनाउन सहयोग गर्ने मध्ये एक थियो। यसमा सानो मोनोक्रोम स्क्रिन फिजिकल किबोर्ड र विभिन्न रंगका कभर परिवर्तन गर्न सकिने सुबिधा थियो।

नोकिया ३३१० आएपछि झन धेरै लोकप्रिय बन्यो। यो फोन आफ्नो बलियो धेरै दिन सम्म टिक्ने ब्याट्रि र स्नेक गेमका कारण चर्चित थियो। उक्त गेम धेरै प्रयोगकर्ताहरुका लागि मनोरञ्जनको हिस्सा बनेको थियो।

त्यसबेला यो फोन कल गर्न र म्यासेज पठाउन प्रयोग हुन्थो अहिलेको जस्तो सामाजिक संजाल एप, हाई क्वालिटिका क्यामरा, भिडियो स्ट्रिमिङ वा फास्ट इन्टरनेटको सुविधा थिएनन्।

तर, यिनै मोबाइलको सरलताले ति फोनलाई आज पनि सम्झन योग्य बनाएको छ। धरै प्रयोगकर्ताका लागि नोकिया ३३१० र त्यस्तै अन्य मोडलहरु मोबाइल फोन साधारण, भरपर्दो र टिकाउ उपकरणका रुपमा प्रयोग हुने एउटा युगको प्रतिक बनेका छन्।-एजेन्सी

प्रकाशित: ७ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...