पोडकास्टका लागि पार्टनर कार्यक्रम ३५ नयाँ देशमा विस्तार गर्दै स्पोटीफाई

  • Technology Khabar | ३ आश्विन २०८३, शनिबार
पोडकास्टका लागि पार्टनर कार्यक्रम ३५ नयाँ देशमा विस्तार गर्दै स्पोटीफाई

काठमाडौं ।

स्पोटीफाईले पोडकास्टका लागि आफ्नो पार्टनर कार्यक्रम विस्तार गर्दैछ। यस कार्यक्रममार्फत पोडकास्टरहरूले विज्ञापन र प्रिमियमबाट प्राप्त आम्दानीमा हिस्सा पाउँछन्।

कम्पनीले यो शरद ऋतुमा इटाली, स्पेन, ब्राजिल, मेक्सिको, कोलम्बिया, पोल्यान्ड, चिली, डोमिनिकन रिपब्लिक र बहामाससहित कुल ३५ क्षेत्रमा कार्यक्रम विस्तार गर्ने जनाएको छ।

योग्य पोडकास्टरहरूले भिडियो र अडियो दुवै पोडकास्टबाट आम्दानी गर्न सक्नेछन्। प्रिमियम प्रयोगकर्ताले हेरेका भिडियोको इम्प्रेसन पनि आम्दानीमा गणना हुनेछ।

त्यस्तै, निःशुल्क प्रयोगकर्ताले पोडकास्ट सुन्दा प्राप्त हुने विज्ञापन आम्दानीमा पनि पोडकास्टरले हिस्सा पाउनेछन्। कम्पनीका अनुसार पोडकास्टरहरूले आफ्ना कार्यक्रम अन्य प्लेटफर्ममा पनि वितरण गर्न सक्नेछन् र प्रायोजनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी आफैं राख्न सक्नेछन्।

टेकक्रञ्चका अनुसार स्पोटीफाईले हालसम्म अमेरिका, यूरोप र अस्ट्रेलियामा पोडकास्ट पार्टनर कार्यक्रम सञ्चालन गर्दै आएको थियो। नयाँ विस्तार यो कार्यक्रमको भौगोलिक रूपमा सबैभन्दा ठूलो विस्तार हो।

कम्पनीका अनुसार सन् २०२२ मा भिडियो पोडकास्ट सुविधा सुरु भएयता स्पोटिफाइमा भिडियो पोडकास्टको प्रयोग १४० प्रतिशत बढेको छ। जनवरीयता पोडकास्ट कार्यक्रमहरूलाई कम्पनीले गर्ने कुल मासिक भुक्तानी पनि एक तिहाइले बढेको छ।

यसै वर्षको सुरुवातमा स्पोटिफाइले भिडियो पोडकास्टबाट आम्दानी गर्न आवश्यक मापदण्ड परिवर्तन गरेको थियो। अब कम्तीमा तीनवटा एपिसोड अनलाइन रहेका, २ हजार घण्टा सामग्री हेरिएको वा सुनिएको र पछिल्लो ३० दिनमा १ हजार सक्रिय दर्शक वा श्रोता भएका सिर्जनाकर्ताले आम्दानीका लागि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार यो परिवर्तनपछि सहभागी पोडकास्टको सामग्री प्रयोग औसतमा ४५ प्रतिशत बढेको छ।

प्रकाशित: ३ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार