नेपाल टेलिकमको बिलिङ प्रणालीमा मर्मतसम्भार, केही सेवा अवरुद्ध हुन सक्ने

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
नेपाल टेलिकमको बिलिङ प्रणालीमा मर्मतसम्भार, केही सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं ।

नेपाल टेलिकमको बिलिङ प्रणालीमा नियमित मर्मतसम्भारको काम हुने हुँदा यस क्रममा केही सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले आज एक सूचना जारी गरी आज मध्यराति १२ः३० बजेदेखि करिब १ घण्टासम्म प्याकेज सब्स्क्रिप्शन, क्वेरी तथा एमपीओएस रिचार्ज सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो।

उक्त अवधिमा उल्लिखित सेवाबाहेक अन्य सेवाहरू भने यथावत् रूपमा सञ्चालनमा रहने टेलिकमले जनाएको छ।

मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...