डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक, प्रयोग गरेर सुझाव पठाउन सकिने

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक, प्रयोग गरेर सुझाव पठाउन सकिने

काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक गरेको छ। सङ्घीय संसद् सचिवालयको २०८३ भदौ १५ गतेको निर्णयअनुसार प्लेटफर्म आजदेखि परीक्षणका रूपमा सार्वजनिक गरिएको सचिवालयले आज एक विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

सचिवालयका अनुसार प्लेटफर्ममा उपलब्ध गराइएका सूचना, जानकारी तथा विवरणलाई यथासम्भव शुद्ध राख्ने प्रयास गरिएको छ। परीक्षण सञ्चालनका क्रममा त्रुटि वा सुधार गर्नुपर्ने विषय भेटिन सक्ने भएकाले प्रयोगकर्ताबाट सुझाव तथा प्रतिक्रिया पनि माग गरिएको छ।

सचिवालयले प्लेटफर्म परीक्षण अवधिमा देखिएका त्रुटि वा गर्नुपर्ने सुधारबारे सुझाव दिनका लागि [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार