जापानी कम्पनीले ल्यायो ह्युमनोइड रोबोट मर्मतका लागि ‘रोबोट एम्बुलेन्स’

  • Technology Khabar | २८ भाद्र २०८३, आईतवार
जापानी कम्पनीले ल्यायो ह्युमनोइड रोबोट मर्मतका लागि ‘रोबोट एम्बुलेन्स’

काठमाडौं ।

जापानले दैनिक जीवनमा ह्युमनोइड रोबोटको प्रयोगलाई सहयोग गर्न नयाँ कदम अघि बढाएको छ।

जापानी कम्पनी जीएमओ एआई एन्ड रोबोटिक्सले ह्युमनोइड रोबोटका स्पेयर पार्ट्स र मर्मतका उपकरण राखिएको ‘जीएमओ ह्युमनोइड एम्बुलेन्स’ नामक सवारीसाधन सार्वजनिक गरेको छ।

टेलिग्राफका अनुसार रोबोटमा कुनै खराबी आएमा वा बिग्रिएमा मर्मत गर्न उक्त सवारीसाधनभित्र एक जना इन्जिनियर पनि रहनेछन्।

कम्पनीले यो सेवा यही महिना टोकियोमा सुरु गर्ने र ह्युमनोइड रोबोटलाई निरन्तर सञ्चालनमा राख्न प्रयोग गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २८ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...