सरकारी सूचना र सेवा अब एउटै स्थानबाट लिन सकिने: राष्ट्रिय पोर्टलको शुरुवात

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
सरकारी सूचना र सेवा अब एउटै स्थानबाट लिन सकिने: राष्ट्रिय पोर्टलको शुरुवात

काठमाडौं ।

सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको छ। यो राष्ट्रिय पोर्टल nepal.gov.np मार्फत विभिन्न सरकारी निकायका सूचना तथा सेवासम्बन्धी जानकारी एकै स्थानबाट प्राप्त गर्न सकिने भएको छ।

राष्ट्रिय पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना तथा विज्ञप्ति, कार्यक्रम, नीति र सेवासम्बन्धी महत्वपूर्ण जानकारी नागरिकले सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

सरकारी निकायबाट सार्वजनिक हुने विभिन्न जानकारीलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको पोर्टलले नागरिकलाई सम्बन्धित सरकारी सूचना खोज्न सहज बनाउने अपेक्षा गरिएको छ।

विशेषगरी शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू पनि राष्ट्रिय पोर्टलमार्फत सहज रूपमा प्राप्त गर्न सकिनेछ।

नागरिकले सरकारी निकायका सूचना तथा सेवासम्बन्धी जानकारीका लागि राष्ट्रिय पोर्टल nepal.gov.np प्रयोग गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

 

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार