काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो। संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
उनले विपद्का कारण दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सबै सदस्य संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
प्रकाशित: २५ भाद्र २०८३, बिहीबार