नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १० करोड रुपैयाँ

  • Technology Khabar | २४ भाद्र २०८३, बुधबार
नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १० करोड रुपैयाँ

काठमाडौं ।

२०८३ भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दस करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

आज आयोजित एक कार्यक्रमका बिच सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चार सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।

उक्त रकम हस्तान्तरण कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ।

यस अघि नेपाल टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ।

कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधासमेत उपलब्ध गराएको छ।

कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको कम्पनीका प्रवक्ता लामिछानेले बताएका छन्।

प्रकाशित: २४ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार