
काठमाडौं ।
काठमाडौं । भिडियो शेयरिंग एप टिकटकले नयाँ फीचर ल्याउने भएको छ । कम्पनीले नयाँ फीचरहरुको परीक्षणको काम गरिरहेको छ । यो नयाँ फीचरको मद्धतबाट यूजर्सले टिकटक भिडियोहरुलाई सिधै ह्वाट्सएप च्याटमा शेयर गर्न सक्नेछन् ।
नयाँ फीचरमा इन्स्टाग्रामको जस्तै फीचरहरु डिस्कभर पेज, एकाउन्ट स्वीचरलगायत रहेका छन् । त्यसैगरि कम्पनीले फर यू पेजको बारेमा पनि काम गरिरहेको छ । हाल यूजर्सले टिकटकमा भिडियो हेर्दा फ्लिप गर्नुपर्ने तरिकालाई कम्पनीले नयाँ फीचरका साथमा ल्याउन लागेको हो । फर यूमा अल्गोरिदमबाट देखिएका भिडियोहरुलाई राखिने छ ।
डिस्कभर ट्याब फीचरले अहिलेको सर्च ट्याबलाई प्रतिस्थापन गर्नेछ र यो मेन नेभिगेसनमा रहनेछ ।
यी सबैभन्दा विशेष किसिमको फीचर पनि टिकटकले परीक्षण गरिरहेको छ त्यो हो ह्वाट्सएप शेयर फीचर । नयाँ फीचरद्धारा यूजर्सले
टिकटक भिडियोहरुलाई आफ्ना ह्वाट्सएप च्याटका साथ तत्काल शेयर गर्न सक्नेछन् ।
यसबाहेक टिकटकले सजेस्टेड यूजर्स, अन अ रोल, डाउनलोड फीचरहरु पनि परीक्षण गरिरहेको छ ।
प्रकाशित: ५ श्रावण २०७६, आईतवार