साउन महिनामा साढे ५ करोड बराबरका विद्युतीय चुलो आयात

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
साउन महिनामा साढे ५ करोड बराबरका विद्युतीय चुलो आयात
एआईद्वारा निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ५ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको २३ हजार ७ सय ९५ विद्युतीय चुलो साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ६ देशहरुबाट उक्त मूल्य बराबरका २३ हजार ७९५ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ७१ लाख ५९ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ४ करोड १८ लाख ५३ हजार बराबरको १७ हजार २९९ थान तथा भारतबाट १ करोड ३१ लाख ५९ हजार बराबरको ६४ हजार ७९ थान चुलो आएको छ।

यीबाहेक कतारबाट २ हजार बराबरको ३ थान, यूएईबाट १ लाख ६१ हजार बराबरको ११९ थान, दक्षिण कोरियाबाट ५ हजार बराबरको ३ थान, सिंगापुरबाट २ हजार बराबरको १ थान तथा यूएईबाट ७ हजार बराबरको ८ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ विवरण

क्र.सं. प्रकार देश विवरण रकम (हजारमा)
इण्डक्शन चीन ७०१७ १७९१४
इण्डक्शन भारत २७६८ ५५२७
इण्डक्शन दक्षिण कोरिया
इण्डक्शन कतार
इण्डक्शन सिंगापुर
इण्डक्शन यूएई
इन्फ्रारेड चीन १०२८२ २३९२९
इन्फ्रारेड भारत ३७११ ७६१९
अन्य विद्युतीय चुलो भारत १३

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार