काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका ११ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भदौ ९ गते दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका ११ वटा इलेक्ट्रिक स्कुटरको अनुमानित मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद स्कुटरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३, मंगलवार