सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं ।

सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ।

सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो। सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ।

सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।

‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौं। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ,’ साउदले भने।

सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याइरहेको बताए।

‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याइरहेको छ। सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो। नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ,’ उनले भने।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए ।

‘सुबिसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्र हेरेका छैनौं। नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ। सुबिसुसँगको सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं,’ खड्काले भने।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार