
काठमाडौं ।
काठमाडौं । नबिल बैंकले ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले यही असार २८ गते मीनभवन नजिक बागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको ३० औं वार्षिकोत्सबको उपलक्ष्यमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समयपछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षारोपण कार्यक्रमहरु आयोजना गरी आएको जानकारी दिएको छ ।
प्रकाशित: ३० असार २०७६, सोमबार