काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छिन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताइन्।
उनले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताइन्।
नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने दावी गरेका छन्। उनले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताए। उनले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दावी गरे।-रासस
प्रकाशित: २७ श्रावण २०८३, बुधबार