यसकारण अन्य मोडलभन्दा निकै महँगो हुन सक्छ आईफोन १८

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
यसकारण अन्य मोडलभन्दा निकै महँगो हुन सक्छ आईफोन १८
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एआईका लागि डाटा सेन्टरलाई प्राथमिकता दिइएपछि एप्पलले डीआरएएम मेमोरीको बढ्दो मूल्यको सामना गरिरहेको छ।

म्याक, आईप्याड र भिजन प्रोको मूल्य बढिसकेपछि अब आईफोन पनि महँगो हुन सक्ने देखिएको छ। आईफोन १८ प्रोको मूल्य ३०० डलरसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

द वाल स्ट्रिट जर्नलका अनुसार एप्पलले चिनियाँ कम्पनी सीएक्सएमटीका मेमोरी चिप आईफोन र म्याकबुकका लागि परीक्षण गर्न थालेको छ। यी चिप मुख्य रूपमा चिनियाँ बजारका लागि बनाइने मोडलमा प्रयोग गर्ने तयारी गरिएको छ।

टेलिग्राफका अनुसार अमेरिकाले चिनियाँ कम्पनीमाथि विभिन्न प्रतिबन्ध लगाएका कारण सीएक्सएमटीका चिप प्रयोग गर्दा भने एप्पलले सावधानी अपनाउनुपर्ने हुन्छ।

त्यसैगरी आईफोन १८ प्रोको विकास अहिले नै उन्नत चरणमा पुगिसकेको छ र यसमा सीएक्सएमटीका चिप प्रयोग हुने अपेक्षा गरिएको छैन।

एप्पलका लागि सीएक्सएमटी लागत घटाउने माध्यम मात्र नभई भविष्यमा मेमोरीको स्थिर आपूर्ति सुनिश्चित गर्ने वैकल्पिक स्रोत पनि हो।

 

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार