२५० रुपैयाँको सामान किन्ने एक उपभोक्ताले पाए १० लाख बम्पर उपहार

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
२५० रुपैयाँको सामान किन्ने एक उपभोक्ताले पाए १० लाख बम्पर उपहार
तस्बिर:रासस

काठमाडौं ।

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहारको विजेता घोषणा गरेको छ। १ देखि १५ साउनमा सामान गरिद गरेका उपभोक्ता मध्ये लक्की ड्रबाट १५ जनाले १ लाखका दरले र एक जनाले १० लाख रुपैयाँ बम्पर उपहार पाएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको एक उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन्। विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर दावी गर्न सक्नेछन्।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको र महिनाको अन्तिम दिन १६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि बम्पर उपहार घोषणा गरिनेछ।

बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार