विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उक्त कसुर संलग्न रहेका निजलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

निजउपर जिल्ला अदालत सङ्खुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार