‘यासुदा नयाँ वर्षको शुभारम्भ’ योजनाका बिजेतालाई पुरस्कार बितरण

  • Technology Khabar | २६ असार २०७६, बिहीबार
‘यासुदा नयाँ वर्षको शुभारम्भ’ योजनाका बिजेतालाई पुरस्कार बितरण

काठमाडौं ।

काठमाडौं । त्रिवेणी ब्यापार कम्पनीले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा सञ्चालन गरेको ‘यासुदा नयाँ वर्षको शुभारम्भ’ योजनाका बिजेतालाई पुरस्कार दिएको छ।

सो ग्राहक योजना अन्तरगत यासुदाको टिभी, फ्रिज तथा वासिङ मेसिन लगायत यासुदा ब्रान्डको कुनै पनि सामानको खरिदमा ग्राहकहरुलाई लक्की ड्र कुपन प्रदान गरिएको थियो। सोहि लक्की ड्र कुपनका बिजेताहरुलाई बिहिबार पुरस्कार प्रदान गरेको छ ।

प्रथम पुरस्कारका रुपमा सुर्खेतका कृष्णबहादुर बुद्धले सिंगापुर भ्रमणको अवसर पाएका छन् । दोस्रो पुरस्कार प्राप्त गर्ने ललित ओलीले ६५ इन्चको यसुदा स्मार्ट एलइडी टिभी र तेश्रो पुरस्कारका रुपमा ताहासिंह थापाले यसुदाको १ टन क्षमताको एसी प्राप्त गरेका छन्।

प्रकाशित: २६ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार