दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवा: आव २०२४/२५ मा नेपालबाट २२ अर्बमाथिको निर्यात, ६ अर्ब हाराहारीको आयात

  • Technology Khabar | १८ श्रावण २०८३, सोमबार
दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवा: आव २०२४/२५ मा नेपालबाट २२ अर्बमाथिको निर्यात, ६ अर्ब हाराहारीको आयात
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

आर्थिक वर्ष २०२४२५ मा नेपालबाट २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवा निर्यात भएको पाइएको छ।

उद्योग वाणसज्य तथा आपूर्ति मन्त्रालयले हालै जारी गरेको सेवा व्यापारसम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३ मा यो आँकडा उल्लेख छ।

यो आँकडासहित यो सेवाले उक्त अवधिमा नेपालबाट भएको सेवा निर्यातको सूचीमा ९.३६ प्रतिशतसहित पाँचौं स्थानमा रहेको छ।

सूचना प्रविधि तथा डिजिटल सेवाको क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय सम्भावना देखाएको छ। सफ्टवेयर विकास,वेब तथा मोबाइल एप्लिकेशन निर्माण, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, बिजने। प्रोसेस आउटसोर्सिङ (बीपीओ), डाटा प्रोसेसिङ तथा फ्रिलान्सिङजस्ता सेवाहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीरूपमा विस्तार भइरहेका छन्।

नेपाली युवा जनशक्तिको सूचना प्रविधिप्रतिको बढ्दो दक्षता र विश्वव्यापीरूपमा डिजिटल सेवाको माग बढ्दै जाँदा यो क्षेत्र सेवा निर्यातको प्रमुख स्रोत बन्न सक्ने सम्भावना अत्यन्त उच्च रहेको देखिएको छ।

विदेशी ग्राहकबाट प्राप्त हुने भुक्तानी विदेशमै रहने, तेस्रो मुलुकमा दर्ता भएका कम्पनीमार्फत बिलिङ हुने तथा वैदेशिक मुद्रा नेपालभित्र पूर्णरूपमा अभिलेखीकरण नहुने अवस्थाले वास्तविक सेवा निर्यात सरकारी तथ्याङ्कमा पूर्णरूपमा प्रतिबिम्बित हुन नसकेको रणनीतिमा उल्लेख छ।

उपयुक्त नियामकीय सुधार, सहज भुक्तानी प्रणाली, विदेशी मुद्रा व्यवस्थापनमा लचकता तथा करसम्बन्धी प्रोत्साहन उपलब्ध गराउन सकिएमा सूचना प्रविधिमा आधारित सेवा नेपालको सबैभन्दा ठूलो सेवा निर्यात क्षेत्रका रूपमा विकास हुन सक्ने पर्याप्त सम्भावना रहेको मन्त्रायलको बुझाई छ।

यो अवधिमा सेवा आयातको सूचीमा पनि दूरसञ्चार कम्प्युटर तथा सूचना सेवा पाचौं नम्बरमा नै रहेको छ। यो अवधिमा नेपालमा ६ अर्ब १५ करोड बराबरको दूरसञ्चार कम्प्युटर तथा सूचना सेवा आयत गर्दै १.८७ प्रतिशत हिस्सा ओगटेको छ।

प्रकाशित: १८ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार