काठमाडौं ।
सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा स्थापना गरिएको सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल (सिइएलएएन) को प्रथम राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा भएको सो सभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
सभामा सोइल टेष्ट प्रालिका महेन्द्रबहादुर कार्कीले क्यालिब्रेशन गर्ने कार्यमा आई पर्ने समस्या र समधानकालागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यो पेशा सेवामुलक भएकाले देश विकासको कार्यमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने र सम्बन्धीत लक्षित वर्गको हितकालागि अघि बढ्न सुझाव दिए।
सभामा ल्याबका सामान वितरक विभिन्न ईन्टरप्राईजेज, निजी क्षेत्रबाट संचालित सिभिल इन्जिनियरिङ्ग ल्याबोरेटोरीका संचालक तथा विभिन्न पदाधिकारीका साथै अन्य प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो ।
अधिवेशनमा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४ को अनुमानित प्रतिवेदन तथा कार्यक्रम समेत पेश गरिएको थियो।
प्रकाशित: १७ श्रावण २०८३, आईतवार