थ्रेड्सद्वारा किशोर सन्तानको प्लेटफर्म प्रयोगको निगरानी गर्न नयाँ अभिभावककीय नियन्त्रण सुविधा सार्वजनिक

  • Technology Khabar | ८ श्रावण २०८३, शुक्रबार
थ्रेड्सद्वारा किशोर सन्तानको प्लेटफर्म प्रयोगको निगरानी गर्न नयाँ अभिभावककीय नियन्त्रण सुविधा सार्वजनिक

काठमाडौं ।

सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सले अभिभावकलाई आफ्ना किशोर सन्तानको प्लेटफर्म प्रयोगको निगरानी गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ।

“प्यारेन्टल सुपरभिजन ” नामको यो सुविधामार्फत अभिभावकले किशोरहरूले एपमा कति समय बिताइरहेका छन् भन्ने हेर्न, प्रयोगको समय सीमा निर्धारण गर्न र रातिको “बेडटाइम” तालिका सेट गर्न सक्नेछन्।

यसका साथै उनीहरूले किशोरहरूले देख्न सक्ने ट्यागहरू सीमित गर्न तथा केही गोपनीयता र सामग्रीसम्बन्धी सेटिङ पनि व्यवस्थापन गर्न सक्नेछन्।

यी उपकरणहरू थ्रेड्समा किशोर खाताका लागि पहिलेदेखि लागू रहेका अन्य सुरक्षा सुविधाका अतिरिक्त उपायका रूपमा ल्याइएको कम्पनीले जनाएको छ।

टेलिग्राफीका अनुसार अभिभावकहरूले मेटा फेमिलि सेन्टर मार्फत यी सुविधा प्रयोग गर्न सक्नेछन्, जहाँ उनीहरूले प्लेटफर्मको प्रयोगसम्बन्धी जानकारी र विभिन्न नियन्त्रण विकल्पहरू प्राप्त गर्नेछन्।

मेटाले बालबालिका र युवाले आफ्ना सेवाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले विभिन्न सुरक्षा सुविधा विकास गर्दै आएको छ।

हालै कम्पनीले अभिभावकलाई किशोरहरूले मेटा एआईसँग छलफल गरेका विषयहरू हेर्न सकिने सुविधा थपेको छ। साथै, इन्स्टाग्राममा सम्भावित रूपमा हानिकारक सामग्री बारम्बार देखिने अवस्थालाई सीमित गर्ने व्यवस्था पनि लागू गरेको छ।

प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार