काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७७ लाख ३१ हजार ९३९ पुगेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको तथ्याङ्क अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको सङ्ख्या अघिल्लो महिना अर्थात् जेठको भन्दा १ लाख १२ हजार ९८९ ले बढेको हो। यो सङ्ख्या गत महिना अर्थात् जेठमा २ करोड ७६ लाख १८ हजार ९५० रहेको थियो।
२०८३ असार महिनाको समग्र २ करोड ७७ लाख ३१ हजार ९३९ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५३ लाख २० हजार ४३२ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ६ लाख ५५ हजार ९८१ तथा फोरजीका १ करोड ४६ लाख ३८ हजार ९१ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, २३ लाख, १८ हजार ५९५ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९२ हजार १९२ र फोरजी १ करोड २३ लाख १८ हजार ५९५ रहेका छन्।
फोरजी
टेलिकम र एनसेल दुवैले थपे
जेठ मसान्तको तुलनामा २०८३ असार मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक केही थपेको छ।
फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले २५ हजार ३६० ग्राहक थपेको छ। जेठ मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ४६ लाख ३८ हजार ९०१ थिए भने असारमा आइपुग्दा यो सङ्ख्या १ करोड ४६ लाख ६४ हजार ४५१ पुगेको छ।
एनसेलले पनि एक महिनामा ९५ हजार ८९३ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ। जेठ मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड २२ लाख २२ हजार ७०२ थिए भने असार मसान्तसम्म आइपुग्दा बढेर यो सङ्ख्या १ करोड २३ लाख १८ हजार ५९५ पुगेको छ।
थ्रीजी
टेलिकमले गुमायो र एनसेलले थप्यो
२०८३ असार महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १० हजार ५७ गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ६ लाख ५५ हजार ९८१ रहेका छन्। यो आँकडा जेठ मसान्तसम्म ६ लाख ६६ हजार ३८ रहेको थियो।
एनसेलले पनि ७९३ ग्राहक थप्दै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९२ हजार ९१२ मा पुर्याएको छ। यो आँकडा जेठ मसान्तसम्म ९१ हजार ११९ रहेको थियो।
समग्रमा हेर्दा एक महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकम र एनसेल दुवैले थ्रीजीमा ग्राहक घटाएका र फोरजीमा ग्राहक थपेका छन्।
प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार