सामसङ इलेक्ट्रोनिक्सद्वारा अमेरिकाको न्यू जर्सी र टेक्सासमा कार्यरत कर्मचारी बर्खास्त

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
सामसङ इलेक्ट्रोनिक्सद्वारा अमेरिकाको न्यू जर्सी र टेक्सासमा कार्यरत कर्मचारी बर्खास्त

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा रोजगार कटौति गरेको छ। अमेरिका स्थित डिस्प्ले,फोन, तथा अन्य उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायमा कार्यरत कर्मचारी कटौति गरेको हो। यसबाट विशेष गरि न्यू जर्सी र टेक्सासमा काम गर्ने मानिसहरु प्रभावित भएका छन्।

आइतबार रोयर्टसलाई दिएको रिर्पोट अनुसार उपभोक्ता इलेक्ट्रोनिक ब्यवसाय गर्ने सामसङ इलेक्ट्रोनिक्स अमेरिका (एसईए)ले आफ्नो मुख्य कार्यलय सार्ने भए पछि ७३९ प्रभावित भएका छन्। यसमा चिप ब्यवसाय गर्ने समावेस छैनन्।

टेक्सासको प्लोनोस्थित रहेको कार्यलयमा डिभिजन सहितका करिब १ सय कर्मचारीलाई हटाएको एक स्रोतले जनाएको छ। संवेदनशील भएकाले स्रोतहरुले आफ्नो परिचय खुलाउन अस्वीकार गरेका छन्।

हेडक्वाटर सम्बन्धित भए पनि यी कटौतीहरूले दक्षिण कोरियाली प्राविधिक कम्पनीभित्रको मिश्रित स्थितिलाई उजागर गर्दछ। एकातिर यसको चिप विभागले नाफा कमाइरहेको छ भने अर्कोतिर चिपको लागत बढ्दा यसका उपभोक्ता इलेक्ट्रोनिक्स एकाइहरू भने संघर्ष गरिरहेका छन्।

एसईएको मुख्यालय सार्ने सामसुङको निर्णय आश्चर्यजनक छ किनभने न्यु जर्सीस्थित एसइएका कर्मचारीहरूले एक वर्षभन्दा कम समय अघि मात्रै ठूलो तामझामका साथ नयाँ कार्यालयमा सरेका थिए।

सेप्टेम्बरमा नयाँ कार्यालयको उद्घाटन समारोहमा सहभागी भएका अमेरिकी प्रतिनिधि जोश गोटहाइमरको विज्ञप्ति अनुसार एसइएले न्यू जर्सीमा करिब १ हजार २०० कर्मचारीहरूलाई रोजगारी दिएको छ।

एसइएमा हुने कटौतीको यकिन संख्या थाहा हुन नसके पनि रोयटर्सले हेरेका कागजातहरूको आधारमा  उक्त एकाइले जुन ३० मा केही कर्मचारीहरूलाई ‘enterprise-wide reduction-in-force’ को बारेमा जानकारी गराएको थियो र यसबाट ‘ठूलो संख्यामा कर्मचारीहरू प्रभावित’ भएको उल्लेख गरेको थियो।

रोयटर्सले अध्ययन गरेका लिंक्डइन पोस्टहरूले पनि देखाउँछन्। टेक्सास र न्यु जर्सीका साथै अमेरिकाका अन्य स्थानहरूमा रहेका वरिष्ठ बिक्री तथा मार्केटिङ अधिकारीहरूसहित ३० भन्दा बढी कर्मचारीहरूले आफूहरूलाई हटाइएको वा पछिल्ला केही साताहरूमा कम्पनी छोडेको बताएका छन्।

एसईएमा भएको रोजगारी कटौतीसम्बन्धी विवरणहरू यसअघि सार्वजनिक भएका थिएनन्। सामसुङले आफ्नो विज्ञप्तिमा भनेको छ एसइएको मुख्यालय स्थानान्तरणले ‘हाम्रो जनशक्ति संरचनामा परिवर्तन ल्याउन सक्छ, नयाँ स्थानमा सर्न नसक्ने कर्मचारीहरू वा मुख्य व्यावसायिक प्राथमिकताहरूसँग हाम्रा भूमिकाहरूलाई मेल खुवाउनका लागि व्यवस्थित गरिने निश्चित कार्यहरूमा परिवर्तन आउन सक्छ।

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार