साउन १ देखि यातायात सेवामा नयाँ प्रणाली लागू: नागरिकता, राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर अनिवार्य

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
साउन १ देखि यातायात सेवामा नयाँ प्रणाली लागू: नागरिकता, राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर अनिवार्य

काठमाडौं ।

यातायातसम्बन्धी विभिन्न प्रकारका सेवाहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि नेपाल सरकारले नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ। यातायातसम्बन्धी सेवाहरुलाई सहज र सरल बनाउने सन्दर्भमा उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

नागरिक एप, राष्ट्रिय परिचय पत्र तथा मोबाइल फोन सेवा प्रवाह गर्ने सेवाप्रदायकहरुका प्रणालीहरुलाई एकीकृत गरिएको छ ।

नागरिक एपमार्फत् नै सेवाग्राहीहरुका विवरणहरु (अटो फिल) हुने व्यवस्थासमेत गरिएको छ। यसका साथै भविस्यमा मुलुक बाहिरबाट समेत यातायात सम्बन्धी सेवाहरु प्राप्त गर्ने कार्यलाई सहज बनाउन ईमेलमा ओपिटि प्राप्त गर्न सक्ने छन्।

सेवाग्राहीहरुले आफ्नो विवरण अद्यावधिक गर्न तथा नयाँ आवेदन फाराम भर्नका लागि राष्ट्रिय परिचय पत्र नम्बर आफ्नै नाममा रहेको मोबाइल फोन तथा इमेल समेत संलग्न गरी यातायात सम्वन्धी सेवा लिन सकिने छ।

विभागले प्रदेशअनुसार अनलाइन आवेदन भर्ने वेबसाइटसमेत सार्वजनिक गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले सम्बन्धित प्रदेशको edlvrs पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

विभागका अनुसार नयाँ प्रणाली लागू भएसँगै यातायातसम्बन्धी सेवामा डिजिटल प्रमाणीकरण, स्वतः विवरण भर्ने सुविधा तथा सेवा पहुँचमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार