काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना २०८३ असार मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख ५१ हजार ६५१ पुगेको छ। यो आँकडा अघिल्लो महिना जेठ मसान्तसम्म ३१ लाख २३ हजार ८६१ थियो।
यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा २७ हजार ७९० ले वृद्धि भएको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८३ असारमा पनि कम्पनीको यो साख यथावत नै छ।
विवरण अनुसार २०८३ असार मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म वर्ल्डलिंकको कुल इन्टरनेट जडान संख्या १० लाख ९२ हजार २९ पुगेको छ। कम्पनीले ३०.५६ प्रतिशत बजार हिस्सा कायम राख्दै पहिलो स्थान सुरक्षित गरेको छ।
२. डिश मिडिया नेटवर्क
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म डिश मिडियाको इन्टरनेट जडान संख्या ३ लाख ७४ हजार २१८ पुगेको छ। कम्पनीले १०.४७ प्रतिशत बजार हिस्सा सहित दोस्रो स्थान कायम गरेको छ।
३. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म भायानेटका कुल इन्टरनेट ग्राहक ३ लाख ७३ हजार ८५१ पुगेका छन्। कम्पनीले १०.४६ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा रहेको छ।
४. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ९२ हजार ९२२ पुगेको छ। कम्पनीको बजार हिस्सा ८.२० प्रतिशत रहेको छ।
५. सुबिसु केबलनेट प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म सुबिसुका कुल इन्टरनेट ग्राहक २ लाख ६८ हजार ६२२ पुगेका छन्। कम्पनीले ७.५२ प्रतिशत बजार हिस्सा ओगटेको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म वेबसर्फरका कुल ग्राहक १ लाख ७३ हजार ७३६ पुगेका छन्। कम्पनीको बजार हिस्सा ४.८६ प्रतिशत रहेको छ।
७. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख १८ हजार ७७८ पुगेको छ। कम्पनीले ३.३२ प्रतिशत बजार हिस्सा हासिल गरेको छ।
८. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको कुल ग्राहक १ लाख १८ हजार ६७८ पुगेका छन्। कम्पनीको बजार हिस्सा ३.३२ प्रतिशत रहेको छ।
९. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्मसिजी कम्युनिकेसन्सका इन्टरनेट ग्राहक ९३ हजार ५३४ पुगेका छन्। कम्पनीले २.६२ प्रतिशत बजार हिस्सा ओगटेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ असार मसान्तसम्म
ब्रोडलिंकका कुल इन्टरनेट ग्राहक ५४ हजार २३७ पुगेका छन्। कम्पनीको बजार हिस्सा १.५२ प्रतिशत रहेको छ।
प्राधिकरणको असार मसान्तसम्मको तथ्यांकले नेपालमा फाइबर ब्रोडब्यान्ड नै इन्टरनेट सेवाको प्रमुख माध्यम बनेको देखाएको छ। कुल ३५ लाख ७३ हजार ९५५ इन्टरनेट जडानमध्ये अधिकांश फाइबरमार्फत रहेका छन् भने वायरलेस र एडीएसएल/केबलमार्फतका ग्राहकको हिस्सा अत्यन्त न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार