फाइल शेयरको लागि गूगलले ‘फास्ट शेयर’ फीचर ल्याउँदै, इन्टरनेट नभएपनि तिब्ररुपमा शेयर हुने

Technology Khabar १६ असार २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । गूगलले दुई स्मार्टफोनबिच शेयरिंगको लागि प्रयोग हुँदै आएको एन्ड्रोयड बीमको लागि सपोर्ट हटाएको छ । कम्पनीले एन्ड्रोयड क्यूमा सो शेयरिंग फीचरलाई हटाएर नयाँ फीचर ल्याउन लागेको हो ।

गूगलले शेयरिंगको लागि अब फास्ट शेयर (Fast Share) फीचर ल्याउने भएको हो । यो हेर्दा अहिले गूगल फाइल्स एपमा उपलब्ध रहेको सोहि टेक्नोलोजी हो ।

नयाँ फीचर पनि यसअघिको जस्तै लोकल फाइल शेयरिंगको काम गर्ने रहेको छ । फास्ट शेयरले इन्टरनेट नभएको बेलामा नै काम गर्न सक्छ । यसको लागि तपाईँले फोनहरुलाई ट्याप गर्नु पर्दैन भने तपाईँले नजिक भएका डिभाइसहरुको लीस्ट देख्नुहुनेछ । तर यसको लागि ब्लूटूथ र लोकेसन भने अन गर्नुपर्दछ ।

तपाईँले एक पटक शेयर गर्ने डिभाइस सेलेक्ट गरेपछि त्यसलाई एक्सेप्ट गर्नुपर्दछ र सिधै डाटा वाईफाईको माध्यमबाट शेयर हुन्छ । यसलाई प्रयोगगर्दा डिभाइसहरुलाई भने नजिक राख्नु पर्दछ ।यसमा तस्विरहरु, यूआरएल र टेक्स्टहरु शेयर गर्न सकिन्छ ।

संभवत यो फास्ट चार्जबाट एन्ड्रोयड फोनहरुमा मात्र नभई स्मार्टवाच, क्रोम ओएस भएका डिभाइसहरु र अझ भन्दा आइफोनहरुमा पनि काम गर्दछ ।

यो फीचरबाट प्राप्त हुने फाइलहरु ब्लूटूथबाट आउने फाइलहरु जस्तै हुन्छन् । यसलाई तपाईँले तत्काल एक्सेप्ट गर्ने वा रिजेक्ट गर्ने नोटिफिकेसन पनि आउँछ । यसमा तपाईँले आफ्नो डिभाइसको छेउछाउमा फास्ट शेयर उपलब्ध रहेका अन्य डिभाइसहरु पनि हेर्न सक्नुहुनेछ ।

फास्ट शेयर हाल एन्ड्रोयड क्यूमा आधारित पिक्सेल फोनहरुमा मात्र रहेको भएपनि आगामी दिनमा गूगल सर्भिस भएका सबै डिभाइसहरुमा उपलब्ध हुने अनुमान गरिएको छ ।

माध्यम

प्रकाशित: १६ असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया