अनर वाच ६ प्लस मोटरसाइकल एडिसन अनावरण

  • Technology Khabar | २९ असार २०८३, सोमबार
अनर वाच ६ प्लस मोटरसाइकल एडिसन अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनर बाइक र रेसिङ उत्साहीहरूलाई लक्षित मोटरसाइकल एडिसन प्रस्तुत गरेको छ। गत मे महिनामा अनावरण गरिएको अनर वाच ६ प्लस पाँच रङहरूमा आउने बताइएको छ।

अनरले वाच ६ प्लस मोटरसाइकल एडिसनमा चिनियाँ पेशेवर रेसर र मोटरसाइकल ब्रान्ड जेडएक्समोटोका संस्थापक झाङ सुए सँग सहकार्य गरेको छ। साथै वाच ६ प्लस मोटरसाइकल एडिसनको डिजाइन बाहेक स्पेक्स र सुविधाहरू भने स्ट्याण्डर्ड मोडेलको जस्तै समान रहेका छन्।

थप रूपमा, अनर वाच ६ प्लस मोटरसाइकल एडिसन जेडएक्समोटो लोगोको साथ बुट एनिमेसन, सुरक्षित ड्राइभिङ सुनिश्चित गर्न ओभरस्पीड चेतावनी सुविधा र रेसट्र्याकमा भएको अनुभूति दिन केही अद्वितीय इन्जिन ध्वनि प्रभावहरू समावेश गरिएको छ। स्मार्टवाचमा एक विशेष मोटरसाइकल स्पोर्ट मोड पनि रहेको छ।

अनर वाच ६ प्लस मोटरसाइकल एडिसनको मूल्य १,५९९ चिनियाँ युआन कायम गरिएको छ। साथै अनरको आधिकारिक चिनियाँ वेबसाइटमा स्मार्टवाच प्रि–अर्डरको लागि उपलब्ध भएको र यो महिनाको उत्तरार्धमा ढुवानी सुरु हुने छ।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...