गेमरहरूलाई ध्यानमा राख्दै एनभिडियाले लन्च गर्यो जीफोर्स ट्रेडिङ्ग कार्ड्स

  • Technology Khabar | २९ असार २०८३, सोमबार
गेमरहरूलाई ध्यानमा राख्दै एनभिडियाले लन्च गर्यो जीफोर्स ट्रेडिङ्ग कार्ड्स

काठमाडौं ।

एनभिडिया विगत केही वर्षदेखि एआई सामानहरूमा अलि बढि व्यस्त भए तापनि कम्पनीले गेमरहरूलाई ध्यानमा राख्दै जीफोर्स ट्रेडिङ्ग कार्ड्स सिरिज १ को घोषणा गरेको छ।

उक्त गेममा कम्पनीले “जीफोर्स पीसी गेमिङका केही उत्कृष्ट क्षणहरू” समावेश गरेको छ। साथै कम्पनीले सम्भवतः अर्को वर्ष गेमरहरूको लागि नयाँ जीपीयूहरू लन्च गर्नेछ।

त्यसैगरी अब जीफोर्स ट्रेडिङ्ग कार्ड्स निःशुल्क प्राप्त गर्न सकिने र त्यसमा एनभी१, जीफोर्स २५६, जीफोर्स ३, जीफोर्स ७८०० जीटीएक्स, जीफोर्स १० सिरिज र जीफोर्स आरटीएक्स २०८० टी साइबरपंक २०७७ एडिसन जस्ता सुविधाहरू सहित १४ सम्भावित डिजाइनहरू समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यी एनभिडियाको समर अफ आरटीएक्स गिभअवेज मार्फत कम्पनीको सामाजिक च्यानलहरूमा उपलब्ध हुनेछन्। प्रयोगकर्ताले तिनीहरूलाई “चयनित समर गेमिङ शो र सामुदायिक कार्यक्रमहरू” मा पनि फेला पार्नसक्नेछन् भने त्यसमा बिलिबिली वर्ल्ड, क्वेककन र गेम्सकम समावेश छन्।

यो संग्रहको आधिकारिक नाम जीफोर्स ट्रेडिङ्ग कार्ड्स सिरिज १ भएको हुनाले भविष्यमा थप संस्करण आउने अनुमान गरिएको छ।

 

 

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...