पिक्सेल वाच ५ को रङ र मूल्यहरू सार्वजनिक

  • Technology Khabar | २८ असार २०८३, आईतवार
पिक्सेल वाच ५ को रङ र मूल्यहरू सार्वजनिक
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

गुगलले अगस्ट १२ मा पिक्सेल ११ सिरिज सँगै पिक्सेल वाच ५ पनि अनावरण गर्ने अपेक्षा गरिएको छ। लन्च हुनुभन्दा अगाडि, स्मार्टवाचको अपेक्षित मूल्य र रङ विकल्पहरू खुलासा गर्ने नयाँ जानकारी बाहिर आएको छ।

गुगल पिक्सेल वाच ५ दुई साइज र चार कभर रङ विकल्पहरूमा आउने बताइएको छ भने वाई–फाई र एलटीई भेरियन्टहरूमा उपलब्ध हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

लीकका अनुसार, पिक्सेल वाच ५ ४१ एमएम डार्क एन्थ्रासाइट, नेचुरल सिल्भर, पाइराइट र वार्म गोल्ड रङहरूमा उपलब्ध हुनेछन्।

डार्क एन्थ्रासाइट र पाइराइट मोडेलहरूमा स्याटिन फिनिश हुने भनिएको छ भने नेचुरल सिल्भर र वार्म गोल्ड भेरियन्टहरूमा पोलिश फिनिश हुनेछ।

ठूलो ४५ एमएम पिक्सेल वाच ५ डार्क एन्थ्रासाइट, नेचुरल सिल्भर र पाइराइट रङहरूमा उपलब्ध हुने भनिएको छ।

अर्को छुट्टै लीकले स्मार्टवाचको अपेक्षित मूल्यहरू पनि खुलासा गरेको छ र गुगलले सम्पूर्ण पिक्सेल वाच ५ लाइनअपमा मूल्यहरू बढाउन सक्ने सुझाव दिएको छ।

रिपोर्टका अनुसार, ४१ एमएम वाई–फाई मोडेलको सुरुवाती मूल्य ४१९ युरो (३९९ अमेरिकी डलर) बाट हुनेछ र यो पिक्सेल वाच ४ भेरियन्टको तुलनामा २० युरो बढी भएको उल्लेख गरिएको छ। त्यसैगरी ४१ एमएम एलटीई संस्करणको मूल्य ५१९ यूरो (४९९ अमेरिकी डलर) हुने अपेक्षा गरिएको छ।

ठूलो ४५ एमएम पिक्सेल वाच ५ को सुरुवाती मूल्य वाई–फाई मोडेलको ४४९ युरो (४२९ अमेरिकी डलर) बाट हुने भनिएको छ भने एलटीई भेरियन्टको मूल्य ५४९ यूरो (५२९ अमेरिकी डलर) हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: २८ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार