काठमाडौं ।
केही दिन अघि आईफोन १८ प्रो आफ्नो पूर्ववर्ती भन्दा लगभग २ एमएमका साथ उल्लेखनीय रूपमा मोटो÷बाक्लो हुने लीक बाहिरिएको थियो।
आइस युनिभर्सले आईफोन १८ प्रो म्याक्सको तौल र मोटाई खुलासा गरेका छ। आईफोन १८ प्रो म्याक्स गत वर्षको मोडेल भन्दा अलि मोटो हुने भएको छ। डिभाइसको तौल २४० ग्राम र ९ एमएम बाक्लो हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
तुलनाको लागि आईफोन १७ प्रो म्याक्सको तौल २३३ ग्राम छ र ८.८ एमएम बाक्लो रहेको छ
सामसङको आगामी फोल्डिङ स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड८ को तौल लगभग २०१ ग्राम हुने अफवाह रहेको छ। आईफोन १८ प्रो म्याक्सको मोटाई वृद्धि गरिएको ब्याट्री क्षमतासँग सम्बन्धित भएको उल्लेख गरिएको छ।
हालैको प्रमाणीकरणले डिभाइसको ईसिम–वन्लि संस्करणमा ५,५६७ एमएएच ब्याट्री हुने खुलासा गरेको छ भने भौतिक सिम कार्ड मोडेलमा ५,३९१ एमएएच ब्याट्री हुने बताइएको छ।
आईफोन १७ प्रो म्याक्सको ईसिम–वन्लि संस्करणमा ५,०८८ एमएएच ब्याट्री रहेको छ भने भौतिक सिम कार्ड मोडेलमा ४,८२३ एमएएच ब्याट्री रहेको छ।
प्रकाशित: २८ असार २०८३, आईतवार