आईफोन अल्ट्रा समयमै लन्च हुने सम्भावना प्रबल

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
आईफोन अल्ट्रा समयमै लन्च हुने सम्भावना प्रबल
लीक भएको आईफोन अल्ट्राको डमी युनिट फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन आईफोन अल्ट्रा, आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै समयमै सम्भवतः सेप्टेम्बरमा लन्च हुने चीनबाट नयाँ रिपोर्ट आएको छ।

यो जानकारी एप्पलको आपूर्ति शृङ्खला भित्रका धेरै स्रोतहरूबाट आएको बताइएको छ, र तिनीहरूमध्ये कसैले पनि डिभाइसको लन्चमा कुनै ढिलाइको हुने बारेमा नसुनेको उल्लेख गरेका छन्।

केही समय अघि आईफोन अल्ट्रा ढिलाइ हुने (अनावरण वा उपलब्धताको हिसाबले) भन्ने अफवाहहरूको लागि एक लोकप्रिय विषय बनेको थियो तर त्यसपछिका धेरै अन्य स्रोतहरूले त्यसलाई खण्डन गरेका छन्।

त्यसबाहेक, माथि उल्लिखित आपूर्ति शृङ्खला स्रोतहरूले आईफोन अल्ट्राको डिजाइनलाई पहिले नै अन्तिम रूप दिइसकिएको र डिभाइस हाल बृहत उत्पादन चरणमा रहेको दावी गरेका छन्।

यो डिभाइस आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै घोषणा गरिने अपेक्षा मात्र नभएर सेप्टेम्बरको अन्त्यमा एकै समयमा खरिदको लागि पनि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन अल्ट्रा पहिलो दिनमा कति युनिटहरू उपलब्धत हुनेछन् भन्ने कुरा अझै पनि स्पष्ट नभएको तर आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको भन्दा कम हुने उल्लेख गरिएको छ।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...