काठमाडौं ।
मार्केट रिसर्च एण्ड न्यूजले ग्लोबल फाइभजी डिजिटल रिपिटर मार्केटका अग्रणी १५ ओटा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।
मार्केट रिसर्च एण्ड न्यूजले सार्वजनिक गरेको सूचीको शीर्ष स्थानमा एरिक्सन (स्विडेन) रहेको छ भने दोस्रो स्थानमा नोकिया (फिनल्याण्ड) रहेको छ। तेस्रो स्थानमा ह्वावे (चीन) र चौथो स्थानमा जेडटिई (जेडटिई कर्पोरेसन – चीन) रहेको छ।
त्यसैगरी पाँचौं स्थानमा सामसङ इलेक्ट्रोनिक्स (दक्षिण कोरिया) पर्न सफल भएको छ भने छैटौं स्थानमा क्वालकम (अमेरिका) र सातौं स्थानमा सिस्को (अमेरिका) रहेको छ।
त्यसका साथै आठौं स्थानमा कमस्कोप (अमेरिका) रहेको छ भने नवौं स्थानमा कर्निङङइनकर्पोरेटेड (अमेरिका) र दशौं स्थानमा कोम्बा टेलिकम (चीन) रहेको छ। साथै एघारौं स्थानमा जेएमए वायरलेस (अमेरिका) र बाह्रौं स्थानमा नेक्सटिभिटी (अमेरिका) रहेको छ।
त्यसैगरी तेह्रौं स्थानमा एयरस्पान नेटवर्क (अमेरिका) रहेको छ भने चौधौं स्थानमा फुजित्सु (चीन) र पन्ध्रौं स्थानमा म्याभेनिर (अमेरिका) पर्न सफल भएको छ।
त्यसैगरी सन् २०३४ विश्वव्यापी फाइभजी डिजिटल रिपिटर बजार ८.९४ बिलियन अमेरिकी डलरमा पुग्ने अनुमान गरिएको छ।
विश्वव्यापी ५जी डिजिटल रिपिटर बजार द्रुत गतिमा विस्तार भइरहेको छ भने सन् २०३० को दशकको सुरुआतसम्ममा यो बजार अरबौं पुग्ने अनुमान गरिएको छ। यो वृद्धि निर्बाध इनडोर कनेक्टिभिटीको आवश्यकताबाट संचालित छ।
रिपिटरहरूले कमजोर बाहिरी संकेतहरूलाई भित्रबाट बुस्ट गर्दछन्। साथै यसले पर्खाल निर्माणका भौतिक अवरोधहरू पार गर्न मद्दत गर्दछ।
प्रकाशित: २५ असार २०८३, बिहीबार