गुगलले आधिकारिक रूपमा पिक्सेल ११ सिरिज कहिले लन्च गर्दैछ?

  • Technology Khabar | २७ असार २०८३, शनिबार
गुगलले आधिकारिक रूपमा पिक्सेल ११ सिरिज कहिले लन्च गर्दैछ?
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एउटा हल्लाले गुगलले (नामकरणलाई विचार गर्दा) अगस्ट ११ मा पिक्सेल ११ डिभाइसहरू अनावरण गर्ने दाबी गरेको थियो। तर उक्त हल्ला गलत सावित भएको छ। ब्लूमबर्गका मार्क गर्मनले गुगलबाट कम्पनीको भव्य लन्च कार्यक्रमको लागि आधिकारिक निमन्त्रणा प्राप्त गरेका छन्। गुगलको उक्त लन्च कार्यक्रम अगस्ट १२ मा न्यूयोर्क शहरमा स्थानीय समय अनुसार साँझ ६ बजे हुँदैछ।

त्यसैगरी अगस्ट १२ मा न्यूयोर्क शहरमा हुने गुगलको उक्त लन्च कार्यक्रमको स्थानीय समयलाई ध्यान दिने हो भने विश्वको विभिन्न क्षेत्रहरु जस्तै लस एन्जलसमा दिउँसो ३ बजे, लन्डनमा ११ बजे, मध्य युरोपमा अगस्ट १३ मा बिहान १२ बजे, पूर्वी युरोपमा अगस्ट १३ मा बिहान १ बजे र भारतमा अगस्ट १३ मा बिहान ३ः३० बजे हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

पछिल्लो लीक अनुसार युरोपमा, पिक्सेल ११ र पिक्सेल ११ प्रो २५६ जीबी स्टोरेज हुनेछ र समान स्टोरेज भएका अघिल्ला मोडेलहरू जस्तै मूल्य हुनेछन्। तर पिक्सेल ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्डले सबै संस्करणहरूको लागि १०० यूरो मूल्य वृद्धि गरिने भएको छ।

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार