एआई स्टार्टअप म्यानसको सबैभन्दा ठूलो सेयरधनी बन्ने योजनामा टेन्सेन्ट

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
एआई स्टार्टअप म्यानसको सबैभन्दा ठूलो सेयरधनी बन्ने योजनामा टेन्सेन्ट

काठमाडौं ।

बेइजिङले मेटालाई एआई स्टार्टअप म्यानसको २ अर्ब डलरको अधिग्रहण रद्द गर्न आदेश दिएपछि लगानीकर्ताहरूले विकल्प खोजिरहेका बेला चिनियाँ गेमिङ तथा इन्टरनेट कम्पनी  टेन्सेन्ट उक्त कम्पनीको सबैभन्दा ठूलो सेयरधनी बन्नेबारे वार्ता भइरहेको छ। द फइनान्सियल टाइम्सले टेन्सेन्टको वार्तासम्बन्धी समाचार सार्वजनिक गरिसकेको छ।

टेन्सेन्टले झेनफण्ड  र एचएसजी लगायत म्यानसका सुरुवाती लगानीकर्ताहरूसँग मिलेर मेटाबाट उक्त कम्पनी कम्तीमा २ अर्ब डलरमा फेरी खरिद गर्ने योजना बनाइरहेको स्रोत र यस विषयमा जानकार रहेका तेस्रो व्यक्तिले बताए।

टेन्सेन्ट, म्यानस, मेटा र दुई लगानी कम्पनीहरूले प्रतिक्रियाका लागि गरेको अनुरोधमा तत्काल कुनै जवाफ नदिएका रोयटर्सले जनाएको छ। न्यूनतम मानवीय सहयोगका रूपमा काम गर्न सक्ने एआई एजेन्टहरू विकास गर्ने म्यानसले गत वर्ष चीनबाट सिंगापुर सारेको थियो।

मेटाले एजेन्टिक एआई मा आफ्नो कामलाई अझ बलियो बनाउने उद्देश्यले डिसेम्बरमा म्यानसको अधिग्रहणको घोषणा गरेको थियो। चीनले अप्रिलमा उक्त सम्झौताले लगानीसम्बन्धी नियमहरूको उल्लंघन गरेको छ कि छैन भनेर सुरु गरेको थियो।

बेइजिङ र वासिङ्टनबीच बढ्दो भू राजनीतिक तनावका बीच चीनभन्दा बाहिर दर्ता भएको कम्पनी संलग्न रहेको सीमापार कारोबारलाई चीनले रोकेको वा चुनौती दिएको पछिल्लो चर्चित घटनाका रूपमा म्यानस सम्बन्धी अप्रिलको आदेशलाई लिइएको छ।

बेइजिङको आदेशपछि मेटाले म्यानससँगको आफ्नो सञ्चालनलाई आन्तरिक रूपमा अलग गरेको छ र दुई कम्पनीबीच हुने डेटा आदानप्रदान पनि बन्द गरेको छ। यसबारे ब्लूमबर्ग न्युजले गत महिना रिपोर्ट गरेको थियो।

विश्वकै पहिलो जेनेरल एआई एजेन्ट सार्वजनिक गरेपछि, गत वर्षको सुरुतिर सरकारी सञ्चारमाध्यम र टिप्पणीकारहरूले म्यानसलाई चीनको अर्को डीपसिकको रूपमा प्रशंसा गरेका थिए।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार