काठमाडौं ।
सामसङको ग्यालेक्सी ग्लासेसको बारेमा पहिले नै लीक भएका रेन्डरहरू र थप विवरणहरू देखा परिसकेका छन्। साममोबाइलका व्यक्तिहरूले ग्यालेक्सी ग्लासेसको आधिकारिक देखिने भिडियो साझा गरेका छन्।
२७ सेकेन्डको क्लिपमा ग्यालेक्सी ग्लासेसको मुख्य डिजाइन तत्वहरू देखाइएको छ भने दायाँ टेम्पलमा स्क्वायर लेन्सेस र टच–सेनसेटिभ एरिया समावेश गरिएको छ। त्यसैगरी दायाँ भागमा एलईडी इन्डिकेटर र अर्को छेउमा क्यामरा पनि देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भिडियोमा दायाँ भागको टेम्पलमा पावर बटन राखिएको देख्न सकिने छ। अन्य थप विवरणहरू उपलब्ध नभए पनि सामसङको यो पहिलो एन्ड्रोइड एक्सआर स्मार्ट ग्लासेसको अहिलेसम्मको उत्कृष्ट झलकहरू मध्ये एक भएको बताइएको छ। ग्यालेक्सी ग्लासेसमा वाई–फाई र ब्लुटुथ ५.३ कनेक्टिभिटीसँगै क्वालकमको स्न्यापड्रागन एआर१ चिपसेट हुने अपेक्षा गरिएको छ।
लगभग ५० ग्राम तौल रहेको ग्लासेसमा १५५ एमएएच ब्याट्री, सोनी आईएमएक्स६८१ सेन्सर प्रयोग गर्ने १२ मेगापिक्सेलको क्यामरा, डिरेक्सनल स्पिकरहरू पनि समावेश गरिनेछ। सामसङले यो महिनाको २२ मा लन्डनमा हुने अर्को अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी ग्लासेसको घोषणा गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ असार २०८३, आईतवार