नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भन्यो- ‘हाम्रो नाममा आएका अनधिकृत ईमेलहरुबाट सतर्क हुनुस्’

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भन्यो- ‘हाम्रो नाममा आएका अनधिकृत ईमेलहरुबाट सतर्क हुनुस्’

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाम गर्दै विभिन्न व्यक्तिहरुलाई अनधिकृत (फेक) ईमेल पठाइएको भन्दै त्यस्ता ईमेलबाट सतर्क रहन भनेको छ।

यस्ता ईमेलमा सीआईबी प्रमुख तथा सीआईबीको नाम जोड्दै विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको सीआईबीले बताएको छ। यस्ता इमेलहरू सीआईबीले कसैलाई नपठाएको भन्दै त्यसमा विश्वास नगर्न सचेत गराएको छ।

सीआईबीले अनुसन्धान गर्ने निकायको नाम दुरुपयोग गर्दै इमेल पठाउने व्यक्तिको खोजी सुरु भएको जनाएको छ।

टेक्नोलोजीखबरले समेत पाएको यस्तो एक ईमेलमा अदालतको आदेश भन्दै सीआईबी र साइबर ब्यूरोको नाम उल्लेख गरिएको देखिन्छ। यस्तो ईमेललाई गुगलले स्वतः स्पाम ईमेलमा राखेको देखिन्छ। यस्ता ईमेलहरु केहि महिना अगाडिदेखिनै आउने गरेका थिए।

आजै मात्र आएको यस्तै एक ईमेलमा ब्यूरो प्रमुखको नाममा यसअघिनै अवकाश भईसकेका एआईजी टेक प्रसाद राईको नाम ब्यूरो प्रमुख भनेर उल्लेख गरिएको छ।

 

यसरी ईमेल आएको बारेमा साईबर ब्यूरोबाट समेत अनुसन्धान भईरहेको जनाएको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...