स्टार्टअप उद्यम कर्जाका लागि छानिएका परियोजनाका लागि तोकियो वाणिज्य बैंकका शाखा

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
स्टार्टअप उद्यम कर्जाका लागि छानिएका परियोजनाका लागि तोकियो वाणिज्य बैंकका शाखा
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्वीर।

काठमाडौं ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालनका लागि सिफारिस भएका ९६६ वटा परियोजनाका लागि सम्बन्धित स्थानमा रहेका वाणिज्य बैंकका शाखाहरु तोकेको छ।

सिफारिस भएका परियोजनाहरुका प्रस्तावकले राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखाबाट स्टार्टअप उद्यम कर्जा पाउनेछन्।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धि कार्यक्रम अन्तर्गत योग्य प्रस्तावको प्रारम्भिक सूचीमा परेका परियोजनाहरुको प्रस्तुतीकरण र बैंकबाट क्रेडिट अप्राइज भई प्राप्त अंकभारको आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरेको हो।

योग्य प्रस्तावकको सूचीमा परेका १.२९८ वटा परियोजना प्रस्तावकहरुलाई प्रस्तुतीकरणका लागि माग गरिएको थियो। विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढी तोकी सूचना प्रकाशित गरिएकोमा ११५६ वटा परियोजना प्रस्तावकहरुले प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरुको परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य विवरण समेतलाई आधार मानी मूल्यांकन समितिले मूल्यांकन गरेको थियो।

प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरुको मूल्यांकन समितिको औसत अंकभार र बैंकबाट क्रेडिट अप्राइजल गरी प्राप्त भएको अंकभार जोडी कुल अंकभार निकालिएको हो।

कुल अंकभारलाई आधार लिई कम्तिमा पचास प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताको आधारमा अन्तिम छनोट गरिएको हो।

सम्बन्धित समाचार

स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा छनोट भए यी १ हजार ३ सय एक परियोजना

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...