मेमोरी चिप निर्माता माइक्रोन अर्को एनभिडिया हुनेछ: वाल स्ट्रिट

  • Technology Khabar | १६ असार २०८३, मंगलवार
मेमोरी चिप निर्माता माइक्रोन अर्को एनभिडिया हुनेछ: वाल स्ट्रिट

काठमाडौं ।

एआईको बढ्दो मागका कारण अमेरिकी मेमोरी चिप निर्माता माइक्रोनलाई अहिले वाल स्ट्रिटले अर्को एनभिडियाका रूपमा हेर्न थालेको छ। तर कम्पनीको भविष्य एआईका लागि आवश्यक मेमोरी चिपको अभाव कति लामो समयसम्म रहन्छ भन्नेमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।

अमेरिकाको आइडाहो राज्यस्थित बोइसमा रहेको माइक्रोनले दीर्घकालीन रूपमा आफ्नो बजारस्थिति मजबुत बनाएको दाबी गरेको छ। यसले माग अचानक घटे वा आपूर्ति बढी भए पनि कम्पनीलाई टिक्न सहयोग गर्ने विश्वास गरिएको छ।

यही विश्वासका कारण कम्पनीको बजार मूल्य बिहीबार केही समयका लागि मेटा र टेस्लाभन्दा पनि माथि पुगेको थियो। यद्यपि शुक्रबारसम्म बजार मूल्य फेरि घटेर उनीहरूसँग लगभग बराबरीमा पुगेको छ।

शुक्रबार कारोबार बन्द हुँदा माइक्रोनको बजार मूल्य करिब १.२७ ट्रिलियन डलर पुगेको थियो। त्यही समयमा मेटाको बजार मूल्य १.३९ ट्रिलियन डलर र टेस्लाको १.४२ ट्रिलियन डलर थियो।

माइक्रोनको शेयर मूल्य पछिल्लो एक महिनामै २३६ प्रतिशतभन्दा बढी बढेर शुक्रबार प्रतिशेयर १,१३२ डलरमा पुगेको छ। सन् २०२५ को मध्यसम्म भने कम्पनीको शेयर मूल्य वर्षौंसम्म १०० डलरभन्दा तल थियो।

एक समय कम्प्युटर, स्मार्टफोन वा अन्य उपकरणको स्टोरेज बढाउन प्रयोग हुने साना मेमोरी कार्डका लागि परिचित माइक्रोन अहिले एआई डाटा सेन्टर विस्तारबाट सबैभन्दा धेरै लाभ लिने कम्पनीमध्ये एक बनेको छ।

प्रकाशित: १६ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार