नासाको टीईएसएस अन्तरिक्ष यानले एउटै स्सिटममा दुई ‘कटन क्यान्डी’ ग्रहहरू फेला पार्यो

  • Technology Khabar | १३ असार २०८३, शनिबार
नासाको टीईएसएस अन्तरिक्ष यानले एउटै स्सिटममा दुई ‘कटन क्यान्डी’ ग्रहहरू फेला पार्यो
फोटो सौजन्यः नासा/डेनियल रुटर

काठमाडौं ।

नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (वा टीईएसएस) ले नासाले बताए अनुसार अहिलेसम्म फेला पारेका दुई “पफीयस्ट” (फुल्ने) संसारहरू पत्ता लगाएको छ।

तिनीहरू हाम्रा ग्यास जायन्टहरू जत्तिकै ठूला भए तापनि तिनीहरू यति हल्का र हावायुक्त भएको हुनाले तिनीहरूको घनत्व स्पष्ट रूपमा कटन (कपास) क्यान्डीसँग तुलना गर्न सकिने बताइएको छ।

दुई ग्रहहरू मध्ये टीओआई–७९१ बी भनिने ग्रह लगभग बृहस्पति जत्तिकै आकारको भए तापनि बृहस्पतिको तुलनामा केवल तीन प्रतिशत भारी भएको बताइएको छ। त्यसैगरी टीओआई–७९१ सी भनिने दोस्रो ग्रह बृहस्पति भन्दा पनि ठूलो भएको त बृहस्पतिको तुलनामा केवल ५.९ प्रतिशत मात्र भारी भएको इनग्याजेटले रिपोर्ट गरेको छ।

टीईएसएस द्वारा प्रदान गरिएको डाटा अध्ययन गर्ने अक्सफोर्ड विश्वविद्यालयको भौतिकशास्त्र विभागका जर्ज डान्सफिल्डको नेतृत्वमा रहेको टोलीले यी ग्रहहरू पत्ता लगाएको हो।

“हामी केही मुट्ठीभर सुपर पफी प्लानेट्स (फुल्ने ग्रहहरू) को बारेमा मात्र जानकार छौं, र यी दुई एउटै तारा प्रणालीमा छन् भन्ने तथ्य अझ दुर्लभ छ” भनि”डान्सफिल्डले बताएका छन्। नासा एम्सका अनुसन्धान वैज्ञानिक स्टीव होवेलले ठूला ग्रहहरूको निर्माणले ग्रह प्रणालीहरूको विकासलाई प्रेरित गर्ने विश्वास गरिन्छ, त्यसैले “यी बृहस्पति–आकारका, तर बृहस्पति–द्रव्यमान भन्दा धेरै कम, ग्रहहरूको थप अध्ययन उच्च मूल्यको छ” भनि व्याख्या गरेका छन्।

नासाले हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरू पत्ता लगाउन २०१८ मा टीईएसएस लन्च गरेको थियो। टेलिस्कोपले केप्लर मिसनले समेटेको भन्दा ४०० गुणा ठूलो क्षेत्रमा एक्सोप्लानेटहरू खोज्ने गर्दछ।

अहिलेसम्म, टीईएसएसले ७,९३१ एक्सोप्लानेट उम्मेदवारहरू फेला पारेको छ भने त्यसमध्ये ८९७ पहिले नै पुष्टि भइसकेको छ। यो विशेष ग्रह प्रणालीको लागि, टीईएसएसले सात वर्षको अवधिमा १,१२२ दिनको डाटा सङ्कलन गर्न सक्षम भएको थियो।

डाटाको आधारमा, अनुसन्धानकर्ताहरूले सुपर पफी ग्रहहरूको असामान्य रूपमा लामो अर्बिट (कक्षहरू) हुने र त्यसले तिनीहरूलाई अझ दुर्लभ खोजहरू बनाउने निष्कर्ष निकालेका छन्।

तिनीहरू आफ्नो ताराको वरिपरिको अर्बिट (कक्ष)मा बन्द हुन्छन् र त्यसले तिनीहरूलाई एकअर्कासँग जोड्ने बताइएको छ। यसले तिनीहरूको होस्ट ताराको वरिपरि तिनीहरूको ट्रान्जिटको समयलाई असर गर्दछ र त्यो भिन्नता वैज्ञानिकहरूले तिनीहरूको पिण्ड गणना गर्न प्रयोग गरेको कुरा भएको उल्लेख गरिएको छ।

तर, ग्रहहरूको बारेमा उनीहरूलाई अझै धेरै कुरा थाहा नभएको बताइएको छ। नासाले अनुसन्धानकर्ताहरूले तिनीहरूको वायुमण्डलको रासायनिक संरचना, तिनीहरूको घुमाइले तिनीहरूको आकारलाई कसरी असर गर्छ र अन्ततः तिनीहरू जस्ता “कटन क्यान्डी” ग्रहहरू कसरी बन्छन् भन्ने बारे थप जान्न आशा गरिरहेको बताएको छ।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार