काठमाडौं ।
एप्पलले अपेक्षा गरिए अनुसार आफ्ना अधिकांश डिभाइसहरूमा उल्लेखनीय मूल्य वृद्धिको घोषणा गरेको छ। नयाँ मूल्यहरू उच्च मेमोरी मूल्यहरूको आधारमा आउँदैछन् भने तुरुन्तै लागू हुने उल्लेख गरिएको छ।
एप्पलले ऐतिहासिक रूपमा आफ्नो आपूर्ति श्रृंखला स्केल र खरिद शक्तिको लाभ उठाएर कम्पोनेन्ट मूल्यमा भएको वृद्धिलाई अवशोषित गरिरहेको थियो। कम्पनीको मूल्य वृद्धिका कारण आईफोनको मूल्य भने प्रभावित नभएको (अहिलेको लागि) र अझै पनि आफ्नो नियमित मूल्यहरूमा बिक्री भइरहेको छन्। त्यसैगरी सम्पूर्ण एयरपड्स लाइनअपका साथै स्टुडियो डिस्प्ले र एप्पल पेन्सिल पनि प्रभावित नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
होमपड मिनीको मूल्य अब १२९ अमेरिकी डलर/१२९ पाउन्ड स्टर्लिङ/११९ यूरो पुगेको छ र हालको मूल्य वृद्धि पहिलेको तुलनामा ३० अमेरिकी डलर/३० पाउन्ड स्टर्लिङ/२० यूरो बढी भएको बताइएको छ। नियमित होमपडको मूल्य ५० अमेरिकी डलर/५० पाउन्ड स्टर्लिङ/७० यूरोले बढेको छ। एप्पल टिभी (स्ट्रिमिङ बक्स) को मूल्य ७० अमेरिकी डलर/७० पाउन्ड स्टर्लिङ/६० यूरो महँगो भएको छ।
आईप्याड लाइनअपतर्फ आईप्याड एयर११” को मूल्य अब १५० अमेरिकी डलर/१५० पाउन्ड स्टर्लिङ/१४० यूरो महँगो भएको छ। आईप्याड प्रो ११” को मूल्य अब २०० अमेरिकी डलर/२०० पाउन्ड स्टर्लिङ/२४० यूरो महँगो भएको छ।
पुरै म्याक लाइनअप अब पहिले भन्दा महँगो भएको छ। एन्ट्री–लेभल म्याकबुक नियोको २५६जीबी स्टोरेज ट्रिमको मूल्य अब ६९९ अमेरिकी डलर/६९९ पाउन्ड स्टर्लिङ/८३९ यूरो पुगेको छ। हालको यो मूल्य वृद्धि १०० अमेरिकी डलर/१०० पाउन्ड स्टर्लिङ/१४० यूरो बढी भएको बताइएको छ। म्याकबुक एयर १३” को मूल्य २०० अमेरिकी डलर/२०० पाउन्ड स्टर्लिङ/२४० यूरो महँगो भएको छ। म्याकबुक प्रो १४” को मूल्य ३०० अमेरिकी डलर/३०० पाउन्ड स्टर्लिङ/५०० यूरो बढी महँगो भएको छ।
त्यसैगरी ९६जीबी युनिफाइड मेमोरी र १टीबी स्टोरेज भएको म्याक स्टुडियो (एम३ अल्ट्रा) पहिले भन्दा १,३०० अमेरिकी डलर/८०० पाउन्ड स्टर्लिङ/९६० यूरोले बढी महँगो भएको छ। म्याक स्टुडियोको एम४ म्याक्स संस्करणको मूल्य ५०० अमेरिकी डलर/५०० पाउन्ड स्टर्लिङ/४८० यूरोले बढेको छ।
त्यसैगरी भविष्यका एप्पल डिभाइसहरूको अवस्था सकारात्मक नदेखिएको बताइएको छ।

प्रकाशित: १३ असार २०८३, शनिबार