काठमाडौं ।
इन्फिनिक्सले भारतमा नोट ६० प्रो पिनिनफेरिना लिमिटेड संस्करण लन्च गरेको छ। यो फोन प्रसिद्ध इटालियन डिजाइन हाउससँगको सहकार्यमा डिजाइन गरिएको र डिभाइसमा कार्बन फाइबर फिनिश रियर प्यानलको साथ एयरोस्पेस–ग्रेड एल्युमिनियम फ्रेम रहेको छ।
नोट ६० प्रोले रियर क्यामरा मोड्युल वरिपरि रेड एक्सेन्ट लाइनहरू पनि रहेको छ। लिमिटेड संस्करण प्याकेजमा म्यागप्याड वायरलेस चार्जर, ब्रेडेड यूएसबी टाइप–सी केबल भएको ब्ल्याक चार्जिङ एडाप्टर, म्यागनेटिक रिङको पारदर्शी केस र कस्टम सुपरकार आकारको सिम इजेक्टर टुल समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यो मार्चमा डेब्यू भएको नोट ६० अल्ट्रा पछि पिनिनफेरिनासँग साझेदारीमा डिजाइन गरिएको इन्फिनिक्सको दोस्रो स्मार्टफोन हो।
नोट ६० प्रो पिनिनफेरिना लिमिटेड संस्करणको हार्डवेयर स्ट्यान्डर्ड नोट ६० प्रोको जस्तै रहेको छ भने पछाडि एक्टिभ म्याट्रिक्स डिस्प्ले पनि समावेश छ।
फोनमा १४४ हट्र्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको एएमओएलईडी डिस्प्ले छ र यो स्न्यापड्रागन ७ एस जेन ४ चिपसेटद्वारा सचालित हुन्छ।
डिभाइसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड शूटर र १३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा छ। फोनमा ९० वाट वायर्ड र ३० वाट वायरलेस चार्जिङको लागि समर्थनको साथ ६,५०० एमएएच ब्याट्री समावेश गरिएको छ। सागै डिभाइसमा समर्पित वान–ट्याप एआई बटन पनि समावेश छ।
इन्फिनिक्स नोट ६० प्रो पिनिनफेरिना लिमिटेड संस्करणको एकमात्र ८ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ३७,९९९ (४०० अमेरिकी डलर) कायम गरिएको छ।
टोरिनो ब्ल्याक फिनिशमा आउने यो डिभाइस जुन २९ देखि फ्लिपकार्ट र इन्फिनिक्स इन्डिया अनलाइन स्टोर मार्फत बिक्रीमा गरिनेछ।
प्रकाशित: ११ असार २०८३, बिहीबार