बीवाईडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी

  • Technology Khabar | ८ असार २०८३, सोमबार
बीवाईडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी

काठमाडौं ।

झापाको  बिर्तामोड नगरपालिका–१ स्थित एक बीवाईडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ।

बिर्तामोडको पश्चिम बस स्टेन्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट विभिन्न मोटर पार्टस्‌हरू जल्दा अन्दाजी ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सर्भिस सेन्टरमा रहेका गाडीहरू भने जोगिएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५.१० बजे आगो नियन्त्रणमा आएको थियो।

प्रकाशित: ८ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार